Skip to content


जन्म लिएँ यो धर्तीमा करार लिएर
साथै आए अभागी यो निधार लिएर

गर्नै पर्छ संघर्ष त पापी पेट पाल्न
को पो यहाँ जन्मिन्छ र आहार लिएर

भाग्य हो कि कर्म उस्तो बुझ्नै गाह्रो मलाई
खुट्टा लाग्दा संघर्ष थ्यो औजार लिएर

जवानीका रहरहरू खाडीतिरै बिते
आएको थेँ असंख्य ती बिचार लिएर

कति दिन चल्ने हो खै निर्मोहीको दया
बाँचेको छु अहिलेसम्म आभार लिएर

तोयानाथ पौडेल
मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *