लामो सास ताने पछि हात राख्दै निधार तिर
जा है बाबु गर्जो टार्न भन्छन बाले कतार तिर
जनेन्द्रिय झुण्डाएर शुद्ध खसि भन्दै अचेल
बैलो बाख्रो बेच्छन अरे सहर बजार तिर
काम गर्न जाँगर छैन तँ नै रानि म नै रानि
दोशी भन्दै औँला तेर्साई केहि हुन्न सर्कार तिर
दिन भरि फेसबुक रात भरि लँगुरबुर्जा
कता जान्छ हाम्रो समाज नगएर सँहार तिर
तोयानाथ पौडेल
सँखुवासभा तामाफोक
हाल मरुभुमिको छातिबाट
