Skip to content


म लुकाएर हिड्दिन
तिमी सामु मेरो अनुहार
त्यो कालो डर लाग्दो नै किन नहोस्
म झुकाएर हिड्दिन
तिमी सामु मेरो लक्ष्य
त्यो सिकुटे र माया लाग्दो नै किन नहोस्

… किनभने … पात … फूल र बोटको नातासित
कुनै गुनाशो छैन मलाई
… सुस्केरा, बाडुली र आशुसित
कुनै शिकायत छैन मलाई

र … म हुरी … शितल
बतास बन्न सकिनभने पनि
म सुख्खा जमिन … नरम दुबो
बढिन भने पनि

म हिर्काएर जान्न
तिम्रो सपना
त्यो मेरोभन्दा भिन्न किन नहोस्
म थिचेर जान्न
तिम्रो संसार
जहाँ मलाई घृणा गरिएको किन नहोस्



तिमीलाई के थाहा !
कहिले देखि म आफै
तिमीमा समर्पण भैसकेको रहेछु .

अस्तु ;

दमक, झापा
हाल : अबुधाबी, यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *