पूजा गर्न योग्य नारी, हुनुहुन्थ्यो मेरी आमा
मुटुभन्दा धेरै प्यारी, हुनुहुन्थ्यो मेरी आमा
ठान्नुभयो आफू जस्तै, संसारका प्राणी सबै
जन्मैदेखि शाकाहारी, हुनुहुन्थ्यो मेरी आमा
सोच्नु भेन कसैको नि, कुभलो र विगार कहिल्यै
अति उच्च सदाचारी, हुनुहुन्थ्यो मेरी आमा
अन्याय र अत्याचारको, लाग्नुभयो विपक्षमा
खोज्ने सधैँ इमान्दारी, हुनुहुन्थ्यो मेरी आमा
गर्नुभयो आदर सत्कार, गुरुजन र मान्यजनको
सरल, शिष्ट, आज्ञाकारी, हुनुहुन्थ्यो मेरी आमा
कहाँ देख्नु अब मैले, झलमल्ल मुहार त्यो
देवी जस्तै महातारी, हुनुहुन्थ्यो मेरी आमा
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
