Skip to content

कविता शृंखला (दुख : ०५)


भन्छन्
सबैभन्दा ढुङ्गो सारो
ढुङ्गोभन्दा फलाम सारो
फलामभन्दा प्लेटिनम सारो
प्लेटिनमभन्दा दुःख सारो
भन्छन्
सबैभन्दा कोमल
नौनी कोमल
नौनीभन्दा गुलाफको पत्ती कोमल
गुलाफभन्दा प्यूरी कोमल
प्यूरीभन्दा अश्रुवुँद कोमल
अश्रुवुँदमा घोलिएको
दुःख अँझ कोमल
यसरी दुःख
कठोरताको उदाहरणमा
प्लेटिनम भन्दापनि कठोर बस्तु
यसरी दुःख
कोमलताको उदहरणमा
आँसुभन्दा पनि कोमल बस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *