अपराध मनमा भरेर गा’थ्यो मन्दिरमा खुट्टा टेकेन उसले
आस्थाको आगो रापिलो हुन्छ आरतीमा हात सेकेन उसले
सुनिश्चित गर्छौं मानव अधिकार समानता खातिर भन्दैथ्यो भर्खर
दलानमा पाइला टेक्नलाई बन्चित छोरीको आँशु देखेन उसले
कानूनका ठेली हातमा बोकी सामन्ती राज चलाउछ जसले
कुप्रथा टुट्दा टुट्नेछ आफैं सुधारका धारा लेखेन उसले
अग्निले दहन नगर्दा सत्य बग्दैथ्यो रगत नदीलाई भेट्न
हत्यारा हास्यो पाएर मुक्ति व्यभिचार कहिल्यै छेकेन उसले
