नचाहिने हल्ला गर्न चाँडो भा’छ फेसबुक
कसैलाई धर्म बेच्ने भाँडो भा’छ फेसबुक
जाति, धर्म, भाषा, लिङ्ग, बर्ण अरु के के
कसैलाई भाषण गर्ने डाँडो भा’छ फेसबुक
माल पाई के गर्ने र चाल नपाएपछि
कसैलाई फुल हैन काँडो भा’छ फेसबुक
बेहुलीलाई हसाउन गाईजात्रा सुनाए झै
कसैलाई बर्बराउने खाँडो भा’छ फेसबुक
सोच्नु होला अरुलाई मात्रै भन्यो भनी
तोयालाई चैँ तेस्काबाजे…. घाँडो भा’छ फेसबुक
तोयानाथ पौडेल
मरुभूमिको छातीबाट
