मेरो सोधाई तिमीलाई समिपमा आयौ किन?
तिरस्कार नै गर्नुथ्यो त झुटो माया लायौ किन?
वर्षौंदेखिको सम्बन्ध यो भत्काएर जानुथ्यो त
आँखाभरिका सपनाहरू आफैसँग लानुथ्यो त
आजीवन तिम्रै हुन्छु भन्दै कसम खायौ किन?
मेरो सोधाई तिमीलाई समिपमा आयौ किन?
पलपल मलाई हँसाएर पलपल मलाई रुवाएर
मेरो आस्था मेरो भरोसा आँसुसँगै डुबाएर
मेरो शब्द संगीतमा तिमीले गीत गायौ किन?
मेरो सोधाई तिमीलाई समिपमा आयौ किन?
मेरो सोधाई तिमीलाई समिपमा आयौ किन?
तिरस्कार नै गर्नुथ्यो त झुटो माया लायौ किन?
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
