Skip to content


यी अक्टुबरका दिनहरू हुन
दिन एक तमासको भइरहेको छ
समयसँग सम्झौता गर्दै
सम्झौतासँग जीवन घिस्याउदै
आफ्ना बिफल, सफल पाइलाहरू
यो छोरो मान्छेको देशमा
अबिराम दगुरिरहेछु

समय सुत्केरी भएको छ क्यारे
घाम तापिरहेको छ लम्पसार परेर
एकतमासे सुताडोरी झै पट्यार लाग्दा बाटाहरू
खर्जबाट हाराद, उत्मानिया, उदेलिया, हफुफ हुदै दमाम
जसको अन्त्य छैन सुरु छैन
मिलिमीटरको फरकमा
१८० कि मि ११०माईल प्रतिघण्टा
गाडी गुड्दैन मानौ उड्छ
कुन घुम्तीमा काल चिहाइरहेछ पत्तो छैन

कृत्रिम जस्ता लाग्ने बालुवाका पिरामिडहरू
बाटाको यो छेउ र ऊ छेउ लमतन्न लम्पसार
लठीपत्र सपना चिहाउन सुत्केरी उटहरू घाँटी तन्काउँछन ।
बच्चाहरू मरुभूमिमा आफ्नो भबिष्य खोजिरहेछन
परसम्म आँखाले भ्याएसम्म
बालुवाका पिरामिडहरू र फुस्रा झाडीहरू
साँचै हरियोलाई प्रकृति देख्न बानी परेका हाम्रा आँखा
के यो चाहि प्रकृति हैन र ?

म होशमा आउदै र कल्पनामा डुब्दै
घिसार्दै छु जिन्दगीको गाडी
नित्य, निरन्तर, अबिराम ।

तोयानाथ पौडेल
मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *