सम्हालेर राख, सँगालेर राख
फेरि फुल्ने हो कि हैन, जोवनको फूल
यसलाई राख, साँची-साँची राख
चाहे झरोस विरानीमा, निशानी भै फूल
तारा टिप्ने मायाँ छैन, जुन झार्ने प्रीत छैन
छोटो जीवन धेरै बात, गर्ने यहाँ फुर्सद छैन
यसलाई बुझ, मनमै गुनी राख
घरी-घरी हुने होइन, मायालुको फूल
हावा त्यसै छिर्ने छैन, तुफान त्यसै घिर्ने छैन
सपनाको जस्तो प्रीति, उस्तै यहाँ रात छैन
यसलाई राख, नखसाई राख
घरि-घरि हुने होइन, यस्तो मिठो फूल
स्वर – शान्ति ठटाल
