सपनीले यो मन त्यो मनमा गाँसिदिएछ
मिर्मेिरेको ब्यूँझाइले सारा बन्धन तोडिसकेछु
बिस्तारै जाने आएको पाइला मेरो सामु अडियो
यसरी नयनले गरेको कुरा मुटुमै गाडियो
स्वर्गकी तिमी अप्सरा मैले कसरी पाएछु
मिर्मेिरेको ब्यूँझाइले सारा बन्धन तोडिसकेछु
कल्पना गरेकोभन्दा नि राम्री मैले अप्सरा पाएछु
ऊ अघि अघि म पछि पछि स्वर्गमा डुलेँछु
हे प्रिय आऊ नजाऊ टाढा बन्धनमा बाँधेछु
मिर्मेिरेको ब्यूँझाइले सारा बन्धन तोडिसकेछु
स्वर – शम्भु राई