कवितामा गालि गरें चाकडीमा हात मलें
लेखनमा मैले मेरो बिचारहरू तिमी पोखें
स्तुति त्यो तिम्रै गाएँ
तिमी रोयौ गोही आँशु
मैले त्यसलाई महान सम्झें
दुर्गन्धले गनाएछौ
रगत पनि धोको छैन
रगतमाथि अँझै तिम्ले सिनो बोक्यौ भ्रस्टचारको
रात पनि तिमीसँगै दिन पनि तिमीसँगै
आतंकलाई युद्ध भने तिम्रै स्वरमा स्वर मिलाई
क्रान्तिको ज्वाला बनि गाउँ देश सखाप पारें
छिमेकी ती विरोधीलाई बन्दुक देखाई आफनु पारें
जय कार तिम्रो तिनले हात मुठी पार्न लाएँ
बिर्सिएछौ हिजो त्यहाँ गुन्द्रुक ढीड़ोसँगै खाको
हल गोरु बेच्न लगाई छोरो तिम्रो विदेश गाको
बन्दुक बोकी क्रान्तिमा छोरो मेरो सहिद भाको
जनयुद्ध क्रान्ति यो सबै तिम्रो सत्ता रैछ
सिदा सादा जनताको सहिद बनाई भत्ता रैछ
समाजमा जाली फटाहा गुण्डाहरूको मेला लाएँ
तिम्रो झण्डा रोगन लगाई रातो पारि फेटा लाएँ
बुद्धि माथि बिर्को लगाई तिम्रै नारा बोकी गाएँ !!
