अहो हेर दुर बाट घोडाचडी आयो
आयो आयो । के ल्यायो ?
ल्यायो कि त मिठो सन्देश बोकी
कि त फेरी आयो रडाको मच्चाआउन
त्यही त्रास र आस गुम्सिरहेछ
उम्लिरहेको छ मन जिज्ञसाले
जसै सररर हावाले बगाउँछ उस्को मुखौरा
लाग्छ आफ्नै हुन कि उनी
आए होलन भेट्न कोही
मनको अर्को कुनबाट
आउछ गुन्जयमन आवाज
सबधान ! सत्रु ! सबधान सत्रु !
लुक फेरी टाउको । लुक ।
चित्कर गुन्जान्छ आन्तरात्मा देखी
घोडा को रङ टटेपाटे , सेतो कालो
सेतो रङ हेर्दा सोच्छु मनले
शान्ति बोकी ल्यायो, खुशी ल्यायो
जब कालो टाटो तिर अँखा पुग्छ
इन्द्रिय भरी त्रासै त्रास भर्छ
सोँच्छु फेरी कालो पन ल्यायो
ल्यायो कि फेरी रगत को खेल
आयो आयो । हेर आयो ।
घोडाचडी आयो । के ल्यायो ?
