देश कोलाहलमय छ
देशमा अनेकौं दुर्दशा छ
देश असमञ्जस्यमा छ
देशमा अनेकौं भ्रष्टाचारहरू छन्
सदाचारहरु कहीँ कतै देखिँदैनन्
देश निमोठ्न उठ्ने गिद्ध चिलहरु व्याप्त छन्
क्रुर दमन सामन्ती शासन छ
देश जर्जर छ
हे युवाहरु तिमीहरु किन विदेशीन्छौ
हे युवा हो देश बोक्न लागी पर
यतिबेला देशलाई माथि उठाउन लागीपर्ने समय हो
गरीब निमुखालाई चेत खुलाउन उठ युवा
देश बहकिरहेको छ
देशमाथि वलात्कार भएको टुलुटुलु हेर्नुपरिरहेको छ
देशलाई उठाउन धेरै गाह्रो अवस्थामा छ
देश उठाउन सबै ()चेतहुनु जरुरी छ
देशलाई उठाउन दासीगिदी हट्नु जरुरी छ
देश अलपत्र छ
देशलाई फोहोरी खेल खेल्नेले अलपत्र पारिरहेका छन्
देश धूर्त मानिसहरूको हातमा छ
देशमा गैरकानूनी धन्दा व्याप्त छ सदियौंदेखि अहिलेसम्म ।
देशमा जताततै धाँधलीतन्त्र छ
देश जनताको हातमा छैन
जनतालाई रैती बनाइरहरहेछन् यहाँ
सबैमा चेत खुले हामीले दासी भएर बाँच्नुपर्दैन
एकले गरेर केही हुँदैन
एकले थुके सुकी
नेपालमा पनि तीन करोडले थुकेर सुनामी ल्याउनुपर्छ
अनि त्यस्ता कुत्सितलाई सुनामीमा बगाएर पाखा लगाउनुपर्छ
अनि मात्र त्यसमा नुहाएर हामीले फोहोर मिल्काउन सक्छौं
हे उठ नेपाली पनि , हे उठ नेपाली पनि
जतातै दलाली लुटपाट , तस्करी घुसखोरीको ताण्डवनृत्य व्याप्त छ यहाँ
देशलाई भयावह हुनबाट रोक अब
देशलाई भयावह हुनबाट रोक अब
दानवहरुलाई लगार्न कम्मर कस अब
दानबहरुलाई लगार्न कम्मर कस अब
२०७१ जेष्ठ २५ सोमबार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.comउठ युवा
