दिनरात झगडाको
बिऊ खोज्छे ऊ
निहुँ खोज्नलाई
निहुँ खोज्छें ऊ
उखरमाउलो छ घरमा
जिउदैछु म डरमा
झर्ला र खाऊलाको
होला र गरौलाको भरमा
हातमुख जोर्न धौ धौ छ
तिहुनमा घ्यु खोज्छे ऊ
निहुँ खोज्नलाई
निहुँ खोज्छें ऊ
पसिनाको सिंचाई हुन्छ
रगतको भरपाई हुन्छ
दिनभरी जोतिदा मात्र
शहरमा बसाई हुन्छ
अचेल लखतरान छ शरिर
उहि पहिलेको जस्तै
जिऊ खोज्छे ऊ
निहुँ खोज्नलाई
निहुँ खोज्छें ऊ
झगडाको
बिऊ खोज्छे ऊ
निहुँ खोज्नलाई
निहुँ खोज्छें ऊ
उहि पहिलेको जस्तै
जिऊ खोज्छे ऊ
तिहुनमा घ्यु खोज्छे ऊ
