मायालु साथ चाहेकी थिएँ के गल्ती गरें र ?
भरोसा तिम्रै लिएर जिएँ के गल्ती गरें र ?
भावना मेरो बुझेनौ कहिल्यै मान्यौ पराई
चिरियो मुटु दुखेर सिएँ के गल्ती गरें र ?
जिन्दगी भरी नछुट्ने कसम भुल्यौ सजिलै
पुरानो घाउ बल्झेर पिएँ के गल्ती गरें र ?
तिमीले छोयौ जुन र तारा म रहें भुईंमा
प्रेमको मूल्य चुकाइ दिएँ के गल्ती गरें र ?
रचना : लक्ष्मी अनुरागी
