Skip to content

गरिबहरु झन् गरिब भएर बाँच्नुपर्ने

गरिबहरु झन् गरिब भएर बाँच्नुपर्ने
अभाब र पीडा भित्र रहेर बाँच्नुपर्ने

पसिनाको मूल्य जति लुट्दैछ अर्कैले
सधै साहुको मेलामा गएर बाँच्नुपर्ने

कानून छैन ठूलालाइ रोकिएन थिचोमिचो
अन्याय र अत्याचार सहेर बाँच्नुपर्ने

गार्हो छ चुलो बल्न हाडछाला घोटेपनि
साँझ बिहान आधापेट खाएर बाँच्नुपर्ने

बिपत पर्दा साथ दिने भेटिदैंनन् कोहि पनि
मनभित्र कुण्ठा बोकी रोएर बाँच्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *