Skip to content

यात्रा अझै लामो छ नथाक्नु है साथी


यात्रा अँझै लामो छ नथाक्नु है साथी
बाटो बिराई अन्तै यात्रा नथाल्नु है साथी

बाधा अड्चन् आउन सक्छ गन्तब्यमा बढ्दै जाँदा
निराश बनी क्रान्तिबाट नभाग्नु है साथी

सुनौलो घाम एकदिन झुल्कने छ पक्कै पनि
संघर्षको मोर्चा बाहिर नलाग्नु है साथी

सरल जीवन जिउनुपर्छ जनताको मन जित्न
बिलासी भई गाडी महल नताक्नु है साथी

महान त्यो हो जसले गल्ती सच्च्याउदै अघि बढ्छ
मनमा कुनै अहङ्कार नराख्नु है साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *