Skip to content

हरियाली बनमा छु आनन्दमा छु


हरियाली बनमा छु आनन्दमा छु
चौपाया चरनमा छु आनन्दमा छु

गुन्द्रुक ढिडो सिस्नु मकै के भो र
सन्तुष्टी मनमा छु आनन्दमा छु

खाएन दुई छाक बुझायो साहुलाई
पक्का बचनमा छु आनन्दमा छु

यो छाँगा छहरा त्यो पाखाँ पहरा
प्राकृतिक धनमा छु आनन्दमा छु

साकेला छ धान छ छ सारंगीधुन
आफ्नो पनमा छु आनन्दमा छु

मर्दा शरीर जत्रो खाल्टो हो चाहिने
आर्काकै शरणमा छु आनन्दमा छु

धेरै जाति धेरै भाषा धेरै संस्कृति
यी सबै जतनमा छु आनन्दमा छु

कागजी फूल तोरण
झापा, नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *