Skip to content

आफ्नै देशमा पसिना बगाउनु पर्छ युवा


आफ्नै देशमा पसिना बगाउनु पर्छ युवा
जोश जाँगर यही माटोमा लगाउनु पर्छ युवा

श्रम सीप बिदेशतिर खर्चिने हो कहिलेसम्म
स्वदेशमै विकास अभियान चलाउनु पर्छ युवा

कोशिश गरे के हुन्न र सुन पनि फल्छ यहाँ
गाउँघर फर्की उत्पादनमा सघाउनु पर्छ युवा

तिमीले चाहे देश स्वर्ग बन्न सक्छ छिट्टै
सबको शत्रु गरिबीलाई भगाउनु पर्छ युवा

कमजोर बन्न दिनु हुन्न स्वाधिनताको लडाँइ
मनभित्र राष्ट्रियता जगाउनु पर्छ युवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *