मनिसको चोला फर्केर नआउला तर पनि ठिकै छु
अन्तिम श्वास तिम्रो नाम गरी सदाको लागि जादैछु
जिन्दगीसँग हारेर हैन प्रिया तिम्रै लागि जंघार तर्देछु
अर्को कुनै लोक साकार भए तिम्रै प्रतिक्षामा रहने छु
गुनासा केही छैनन् मेरा सधै तिमी सुखमा रहनु
दुख जति मेरा नाम गर प्रिया खुसीमा तिमी जीउनु
विगतका पानाहरूबाट बगिरहेछन् मेरा यी भावना
चिताबाट अन्तिम पटक अन्तिम श्वासबाट सुभकामना
