Skip to content

कति रछन यहाँ छानोमा आगो फुक्नेहरु


कति रछन यहाँ छानोमा आगो फुक्नेहरु
महात्मा भए रे सुने निर्धाको बाटो ढुक्नेहरु

घरको बाघ बन्को स्याल हुइया कि गर्जन
शेर को?टांग मुनी पुच्छर लुकाइ भुक्नेहरु

अर्तिले पाक्यो कान,अर्तिकै भयो हानाहान
सत्य र निष्ठा भन्छन कर्तब्यमा चुक्नेहरु

स्वछ,निर्मल,शान्त आधारको बर्णण भो रे
अर्थ्याउने तिनै थिए पिच्च पिच्च थुक्नेहरु

सापटिमा हल्लिएका हुल्का हुल टाउका
वीर भएछन कसरी? थाङनामा लुक्नेहरु

1 thought on “कति रछन यहाँ छानोमा आगो फुक्नेहरु”

  1. निक्कै तिखो र राम्रो गजल
    निक्कै तिखो र राम्रो गजल पढ़न पाएको मा तपाई लाइ धन्यवाद !
    जे.बी.

Leave a Reply to tongmarmendok Cancel reply

Your email address will not be published. Required fields are marked *