छक्कै परें वर्षौंपछि आज भेट्ता तिमीलाई
यस्तो लाग्यो सानै रहेछ संसार यो
धेरैथरि फेरिएको पाएँ
मेरो भन्नु चिनो मेटिएको पाएँ
कल्पनाको संसार एउटा हुन्थ्यो
सधैं मेरो आँखा वरिपरि
देख्छु आज कल्पना त्यो
पोखिएको सबै भूईंमा छरिबरि
शब्द – घमराज लुईंटेल
स्वर – यश कुमार
एल्बम – तिर्खा
