Skip to content

माझीदाइ डुङ्गा खियाइदेऊ

  • by


माझीदाइ डुङ्गा खियाइदेऊ
लौन मलाई स्कुल पुर्‍याइदेऊ ।
फेवापारि स्कुल छ फेवापारि गाउँ
साना साना हात-पाइला म कसरी जाऊँ ।

बाबा मेरो परदेशमा आमा मेलापातमा
एक्लै छु म घरमा हजुर, छैन कोही साथमा ।
जीवनको अमूल्य समय खेर जान लाग्यो
हेर्दाहेदै स्कुल पुग्न अबेर हुन लाग्यो ।

सबै जना भन्छन् मलाई धेरै पढ्नुपर्छ
देश उठाउन कम्मर कसी अघि बढ्नुपर्छ ।
धेरैधेरै पढ्छु हजुर ज्ञानी मान्छे बन्छु
सधंै सधैं मेरो देश उठिरहोस् भन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *