Skip to content


उघारेर घुम्टो प्रकृतिको
सुन्दर विम्ब
पर्दाफास गर्दै
पहिलो झुल्का झुल्किरहेछ
आँगनभरि।
हरेक दिनको आगमनलाई
स्वागत गर्दै
म लक्ष्यका पाइला चालिरहेंछु
उर्लिरहेको ज्वारभाटा झैं
असीमित सपना बोकेर
सार्थक उज्यालो खोजिरहेंछु।
यात्रामा गति पच्छयाइरहेछ
सत्यको गीतमा बारुदको उन्माद
पोखिरहेछ।
यथार्थ छर्लङ्ग झल्कदा
मेरो देशको भूगोल
भविष्य खेलवाड गर्दै
पीडाको पहाड उभिन्छ
पर्खिरहेंछु सगरमाथाको देशमा
नवनित थालनी
शुभ सङ्केतको आभाष
बिउँझाउँदै एउटा निरोगी बिहानी।

विराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *