Skip to content

बा म त डाक्टर नै पढ्ने ।


शताब्दीको रौनक र समाजमा यो बढ्दो देखावटीपन,
मौलाउदो अस्वस्थकर प्रतिस्पर्धा
अनि मेरी प्यारी सानुको चाहाना
त्यही भएर बा म त डाक्टर नै पढ्ने ।

त्यति जान्न पनि परदैनरे नि बा,
घाटी भनेर खोइ के जातिको चिर्फार गरी सिलाउदा पनि माफी,
कस्तो गजब,
बरु म घैटेसगै बिहा गरुला
तर डाक्टर चाहि पढ्ने नै हो।

सोच्दा पनि कस्तो रमाइलो आहा!
त्यो सेतो कात्रो, घाटिमा दुई सुत्रे तनो
अनि बिरामीको डाक्टर साब एक मात्र
आङ नै सिरिङ्ग हुन्छ,
बा ए बा कस्तो नबुझनु भएको के,
म त जसरी पनि डाक्टर नै पढ्ने।

त्यो पुर्खेउली टाडीको खेत,
पोहोर सालको कम्पनमा बचेको हाम्रो जीर्ण घर अनि ती दुहुना गाईहरू,
अब कस्ले हेर्ने
हा!बा सब बेचिदिऊँ
किनभने बा तपाई को छोरा त डाक्टर नै पढ्ने ।

वाह!कत्रो सान,
facebookमा Dr. फलानो भनी नाउ राख्दा,
pendingमा भएका मेरा requestहरू त एक झटमै aceept हुन्न्थे होलो हगि बा
कस्तो नबुझ्नुभएको के बा,
म त सिर्फ डाक्टर नै पढ्ने ।

oh my dear mom ! मेरी प्यारी आमा
सभ्यताको बुढौलीपनसँग सगै तपाई र तपाईका ती झुम्का,
फुली अनि बुलाकी पनि सबै पुराना भैसके,
भाउ पनि राम्रै छ भन्छन्,
तपाईं त कुरा बुझ्नुहुन्छ नि हगिआमा
बुबालाई सम्झाउनु न
कि छोरालाई डाक्टर नै पढाउने ।

पल्ला घरे नरेलाई त डि.वी.परेछ
अब अमेरिकागई भाडा माझ्ने रे,
वाह क्या मोज, कस्ले पो देख्छ र?
छिमेकी डम्मरेको भाइ त india पसिसक्यो रे c.a. पढ्न !
कस्तो गजब हजार नदेखेकोले अब डलर गन्ने भो
अह हुन्न बा,अब त ईज्ज्त धान्न भए पनि म डाक्टर नै पढ्नुपर्छ ।

अनुभव नै सब चिज होरे बा डाक्टरीमा,
हुनत हामीलाई डा. भन्ने हाउगुजी भए त पुगिहाल्यो नि हगि बा,
त्यो नाथे चिरफार त हरेक दशैमा गरी आएकै होनि,

भौतिकवाद समाजका कुखित सङ्गिको अपार मायामा हुर्केको म,
देश अनुसारको भेश भन्ने टुक्कालाई किन गलत साबित गर्थेर बा,
किन एक असल नागरिक बनी समाजकै कलङ्कित पात्र बन्थेर,
त्यसैले बा न आत्तिनुहोस् म डाक्टर कुनै हालत मानी बन्न्दिन,
म त सिर्फ त सिर्फ डाक्टर मात्रै पढ्ने,
डाक्टर मात्रै पढ्ने।

1 thought on “बा म त डाक्टर नै पढ्ने ।”

  1. ।।।
    यस कबिता सग आधारित भई कृपया आफ्नो प्रति कृया दिनु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *