Skip to content

तिमि गए पछि थाहा भो

दोबाटोमा माया छाडे पछि थाहा भो।
मेरो चोखो माया मारे पछि थाहा भो।

सगै जिउने,बाच्नि भनि लाको माया
मलाई एक्लै पारे पछि थाहा भो।

हासो खुसि साटि-साटि बेचेको थियौ प्रिया
तर माया आज अन्तै सारे पछि थाहा भो।

मायाको गन्तब्यमा पुग्ने तिम्रो त्यो सपना
बिचबाट नै अन्तै बाटो मोडे पछि थाहा भो।

सधै अमर रहने हाम्रो प्रेम सम्बन्ध
चोखो प्रेमको नाता तोडे पछि थाहा भो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *