ब्रत बसें पूजा लाएँ तिम्रै नाममा प्यारी
प्रसाद बाँडे मायाँ बाँडे तिम्रै नाममा प्यारी
गीत गाएँ गुन्गुनाएँ तिम्रै सुवास छरें
माला जपें मन्त्र पढें तिम्रै नामको प्यारी
मन्दिर खोजें मस्जिद खोजें गिर्जाघार खोजें
गुम्बा खोजें थानहरूमा देवी देउता भाकें
गुम्बा भित्र शान्ति जपें तिम्रै नाम लिएँ
निद्रा मांगे बिछ्यौनामा रातै दिन पारी
सिरानी त्यो सधैं भिज्यो तिम्रै नाममा प्यारी
सुनीनौ त्यो चिच्च्याएको छाती चिरा पारी
बुझिनौ त्यो माया मेरो भाका इशाराको
एक्लै बित्यो जीवन यो भन्दिन है प्यारी
कर्म मेरो यस्तै रैछ भाग्य मेरो यस्तै
सुखसँग बाँच तिमी परी जस्तै हाँसी
मायाँ मेरो तिमीलाई नै जीवन तिमीलाई नै
पर्खने छु अर्को जुनी तिमीलाई नै हाँसी
