Skip to content

चुनौतीलाई स्वीकार्दै


मिलनमा खुशी व्यक्त गर्छन मानिस,
यो प्रकृति हो,
तर आँखाबाट आशु झरेको देखेकी छु मैले
बिछोडमा तड्पिन्छ अरे मानिस भन्छन,
यो प्रवृति हो,
तर,
खुशीले पो रमाएको पाएकी छु मैले,
हसाउने, रुवाउने, दुवैको संगम,
यी संयोगहरू हुन् र पनि,
पर्खिरहेको त्यो खुशीलाई देख्दा,
अचम्म लाग्छ मानिसको स्वाभाव,
भुत, र बर्तमान दुखमा पर्दा पनि,
भविष्यलाई कुरिरहेछन
ओहो !
यो समय, मात्र आशु छ,
चकमन्न अँध्यारो,
अनुहारबाट
कहिल्यै कालो वादल हटेन,
सधै मुसलधारे वर्षा वर्सिएको देख्छु,
अह ! थामिदै थामिदैन,
आकाश स्वच्छ छैन
कत्ति पनि वादल घटेन
तैपनि,
भूत र बर्तमानलाई तराजुमा जोख्दै,
भविष्यको आशामा जीवनलाई तौलिन्छ मान्छे !
ओहो !
घरि घरि मुर्छा परेको देख्छु,
च्वास च्वास मुटु दुखेर हो कि?
गाठो परेको पीडाले सधै,
एक्कासि ब्यथा पो बल्झिएर हो कि ? मान्छे,
खै !
हसिलो त्यो जीवनको कथा,
अनायसै अत्यारिलो बनेर हो कि,
लामो दुरी तय गर्ने वचन त्यो,
क्षीण हुँदै एक्लो भएर हो कि?
मात्र प्रतिक्षा गरेको देख्छु,
सागरको समतल पानीमा,
सा-साना डल्लाले हान्दाको मज्जा,
खित्का छाडेर एक्लै,
पागल झैँ खितिखितत् हासिरहेको बेला,
उच्छीटिएका पानीका थोपाले,
अनुहारलाई चुम्दा,
झसँग हुदै किन मौन हुन्छ मान्छे !
फेरि,
आन्नदको अनुभूति गर्दै,
निक्कै ओइलाएको बोटलाई,
मलजल, पानी हाली गोडमेल गर्दै,
फूल फुलाउने आशाहरूलाई मौलाउदै,
अगाडि बढाएको ती आफ्ना पाइलाहरू,
लाग्छ बाध्यताले छेक्न प्रयास गर्दैछ
त्यसैले हो कि बेला बेला,
मक्किएको हड्डी झैँ,
लरक्क हुदाँ हात खुट्टाहरू
तर पनि,
निरन्तर कोसिस गर्नेसँग सधै !
जति नै क्रुर बनोश समय,
उसले एक दिन हार्ने पर्छ,
किन कि,
दृढ विश्वास र,
संघर्ष गर्नेको अगाडि,
उसले जस्तै कठिन परिस्थितिलाई,
नाधेर हिड्ने अठोट गरेकोले हो कि?, ,
छेक्न आउने दुष्ट त्यो,
समयका चुनौतीलाई
परिबन्दसँग लड्दै, धिसारिदै,
अघि बढ्न जानेकी रैछ,

खै त ! संघर्ष गर्नेको अगाडि,
आखिर,
के गर्न सक्दो रैछ र समयले ?
ऊ आफ्नै धुनमा चल्छ र,
मुसाले कोत्रे झैँ कोत्रिन्छ,
हृदयमा बसेकोलाई बिछोड गराउछ,
अनि,
समय आफूलाई बलवान सम्झन्छ,
र पनि,
कोशिसको अगाडि असफल,
समय आफै थोत्रिन्छ !
ऊ निर्भिक र आत्म विश्वासी सधै
गति लिन्छे, अनि,
आफ्नो गन्तव्य नभेटे सम्म,
हिडिरहन्छे हिडिरहन्छे
आफ्नै रफ्तारमा,
समयको गति सँगै, !
एक नाश,
जसरी समय दौडिरहन्छ
ऊ पनि दौडिरहेकी छ दौडिरहेकी छ !
चुनौतीलाई स्वीकार गर्दै,

निशा खनाल अर्याल,
इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *