ऊ पागल थिई
मलाई माया गर्ने मान्छे
सुखमा नमात्तिने, दुखमा नआत्तिने,
असीमित रहर उसका मसँग भन्न लजाउने
दुख पर्दा, आशु झर्दा
अनि केही सपना हराउदा पनि
जीवनलाई सजाउने
ऊ सानी थीई, ज्ञानी थिई
मलाई माया गर्ने मान्छे
ऊ जीवनका कुरा गर्थी
जीवनका कुरा बुझ्न गार्हॊ
अनि बुझेपछि व्यवहारमा उतार्न गार्हॊ
ऊ पुरा नहुने सपनाको कुरा गर्थी,
सपना भित्रै हराएको कल्पनाको कुरा गर्थी,
हम्रॊ सानो मायाको संसारको कुरा गर्थी
उसको सपना अपार,
उसको रहर असीमित,
अनि गन्तव्य दूर
ऊ त्यही कल्पनामा डुब्ने रहर गर्थी
ऊ हास्दै भन्थी,
“सुबास जीवन जिउन सिक्नु पर्छ अब,”
अनि म भन्थे,
“जीउन तिमीले सिकायौ काली पीउन आफै सिक्छु अब
मलाई माया गर्ने मान्छे,”
सुखमा साथ दिन्थी दुखमा हात दिन्थी
म रिसाउथॆ, ऊ फकाउथी
म घुर्काउथे, ऊ रोइदिन्थी
म कराउथे, ऊ सहन्थी
म रुन्थे, ऊ परेली पुछीदिन्थी
म हसाउथे, ऊ मक्ख पर्थी
ऊ सत्यताको कुरा गर्थी, म झुट बोली बस्थे
ऊ नजिक आउथी, म पर पर सरिदिन्थे
उसको आँखा हेरी जब म टोलाउथे
ऊ मन्द मुस्कानले हास्थी
जब म मुस्कुराउथे अनि ऊ हात समाउदै भन्थी
तिम्रॊ मुस्काननै मेरो शक्ति हॊ
अनि उसको हातमा हात राख्दै म भन्थे
तिम्रॊ मायानै मेरो भक्ति हॊ
ऊ फेरि हास्थी
ऊ पागल थिई
मलाई माया गर्ने मान्छे ।
