म तिमीले बनाएको
सानो महलमा थिए
अनि
मेरा हत्केलामा तिम्रो हत्केलाको
स्पर्सले
मेरो पुरै रक्त नालीमा
उर्लिरहेको एउटा नदीको वेग
समुद्रको छाल झैँ
सुनामी बनेर मस्तिष्कसम्म आइपुग्दा
आँखाका ढकनिहरूबाट
एकाएक सपनाहरू बाहिरिदा
चरम बिन्दुमा पुगेका
मेरा बैसालु यौवनहरू
अकस्मात् बेखबर हुन्छन्
आदि रातको मस्त निद्रामा
तिम्रो रहर र रहरसँगै
तिमी भित्रको उज्यालो मुहारसँगै
मेरा सपनाहरू दाँज्न
जबरजस्ती आँखा बन्द गर्दै
सोचिरहेको छु ।
मैले देखेका आदि सपनाहरू
मस्तिष्कमा बन्द गरेर
भोलि देख्ने सपनाहरूसँग
जोड्ने छु,
अनि पुरा गर्ने छु
चरम बिन्दुमा पुगेका मेरा चाहनाहरू
तिम्रो तलाउमा डुबुल्की मारी
एउटा गहिरो समुद्रको तिर्खा
पलभरमा सम्बोधन हुनेछ ।
ए आदि रातहरू
अब प्रकाशसँगै
प्रेमको बिहानी भएर आऊ
सपनाहरू पुरा गर्नको निम्ति
कैयौ रातहरूसँगै हराइसकेको छु,
अब बिहानीसँगै आरम्भ गर्नेछु
अनि बनाउने छु वास्तविकताको महल ।
रामकृष्ण पौडेल अनायास”
कविडाँडा,भरतपुर

नेपाली
मलाई पनि पढ्न मन लाग्यो मझेरी .com
अब म पनी कविता गजल बाट नाच्छु
छम छम