Skip to content
RiwajGhimire


कोटि कोटि सलाम सहिदलाई मेरो, पुरा होस सपना सहिदको यो देशको !
दिउन दिव्य दृष्टि सहिदले सबमा बिचारले परिवर्तन ल्याओस जगतमा !
बन्न नपरोस कु-नेताका बार्षिक मालाका पात्र वीर सहिदहरूले कहिले !
यो देशले अब बुझ्न सकोस सहिदको सच्चा देश भक्ति र रगत जहिले !

देशका नेताहरू परिवर्तित होउन सहिदका सपना सरि सधैभरि
अमर सहिदको सिद्दान्त बोकुन नहोउन बिदेशिको गुलाम फेरि
१८औ शताब्दीको बिदेशि सिद्दान्त नझुन्डियोस भित्ताहरूमा
गंगालाल, गणेशमान, सुक्रराज र दशरथ बसुन हरेक नेपालीको मनमा

सहिदलाई फूल चडाएर नओडुन नेताले रातो माता र दोसल्ला
पार्टी पार्टी आन्तरिक विवादमा सुन्न नपरोस सहिद भएरेको हल्ला
देशभक्त सहिदको सधै रहोस बिशाल बिचारको सम्मान विकासमा
अँझ सहिद बन्न नपरोस नेपाली जनले विकासको नाममा

अब सब सकुन सहिदले बनाएको बाटोमा हिड्ने काममा
सम्मान होस सहिदको यो देशको वीर पुत्रको नाममा
अब सब सकुन सहिदले बनाएको बाटोमा हिड्ने काममा
सम्मान होस सहिदको यो देशको वीर पुत्रको नाममा

1 thought on “सहिद !”

Leave a Reply to riwaj ghimire Cancel reply

Your email address will not be published. Required fields are marked *