Skip to content

तिमी जुन रहरले ममा फुल्न आयौ

  • by


तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए सधैं चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्नु
व्यर्थै तिमीले मेरो हात समायौ

बैसालु ती तिम्रा रहरहरुमा
न मैले कहिले हरियाली कोरे
रक्ताम्य ती तिम्रा अधरहरुमा
न मैले कहिले खुशीयाली पोतें
र शायद रिसायौ तिमी भित्र भित्रै
निफिर्क्री ति तिम्रा खुल्दुली सोधें

रुझे हुन ति तिम्रा पलक र आँखा
मसँग कहिले ईशारा नबोल्दै
रुखे हुन् ति तिम्रा यौबन र भाखा
म सँग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैसलाई
जो सुन्यतासँगै बिलाए म जस्तै

शब्द – दिनेश अधिकारी
स्वर – नारायण गोपाल
संगीत – दिब्य खालिङ
एल्बम- सुख दुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *