Skip to content

घुम्तीमा नआऊ है

  • by


घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गहारो हुन्छ फुकाउन

भोलि जब हुन्छौं हामी एक अर्कोसँग टाढा
फूलजस्तो माया पनि बिझाउने बन्छ काँडा
सुस्केरामा रात बित्छ सक्दैनौं निदाउन

बतासमा उँडी आउला गीत म छु सुन
एकदिन दुखी बनी पर्छ पृत सम्झी रुन
आउँदैन आकाशमा पापी जून चियाउन

शब्द – रत्नशमशेर थापा
स्वर – प्रेमध्वज प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *