धेरै दिन भयो अब नेपाल टेक्न मन छ
घर आँगनमा गई सारङ्गी रेट्न मन छ
बिरानो यो देश पराई भूमिको कुरै छोडौ
सबै कुरा भुलेर तिमीलाई भेट्न मन छ
यहाँको खाना सम्झे आमाको याद आउने
जाडो याममा अगेनामा रोटी सेक्न मन छ
सुविधा सम्पन्न सबै छ कमि छैन केही
तैपनि यो मनलाई हिमाल देख्न मन छ
यो गजल २०६७ सालमा शान्ति स्थापना कार्यको लागि नेपाली सेनाको सदस्य भई हाईटी देश गएको वेला लेखेको हुँ आज तपाईहरू माझ पस्कदै छु ।
