Skip to content

मसँग लाएको माया


मन बिसाउने चौतारीको बरको हाँगा भाँचिएछ
मसँग लाएको माँया अर्कैसँग साँटिएछ

झलमल पूर्णिमाको रात पनि बादलले ढाकिएछ
साथ दिन्छु भन्ने माया पनि आज कतै टाडिएछ

बिहानीको किरणसँगै आकाश पनि फाटिएछ
धारैधारको मायासँगै यो मन पनि काटिएछ

माया पाउने बजारैमा मेरो माया पनि साटिएछ
धैरै माया दिंदा उनी थाहा नपाई मातिएछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *