Skip to content


भरौटेहरूको केही दोष छैन । उनीहरू निम्न वर्गका हुन् । उनीहरूले यसो नगरेमा उनीहरूको रोजिरोटी चल्दैन । यो उनीहरूको दासी मानसिकता पनि हो । उनीहरू विद्रोह गर्न सक्दैनन् । एकदुईले विद्रोह गरे पनि साथ दिँदैनन् र विद्रोह गर्नेलाई नै परिवारबाट अलग गरी सामन्तीसँग मिलेर आफ्नै रगतका नातालाई पनि यातनामय जीवन, अँझ त्योभन्दा कठोर जीवन जिउन वाध्य पार्छन् ।

देशमा व्याप्त वेश्यावृत्ती, तस्करीहरूको वोलवाला छ । कानून भनेको खत्तम अवस्थामा छ । जनताहरू व्युँझाउन देशका सपुतहरू प्नि दविएका अवस्थामा छन् । सबै सर्वसाधारण जनताहरू तस्करी र वेश्यावृत्तीको जालोमा परेका छन् । देशका गुरुहरू सिकाएको जस्तो गर्छन् र आफू पनि व्यवहारमा लागू गर्दैनन् । भ्रष्टाचारीको अनेकौं तरिका भनेजस्तो देशमा जतिसुकै सफा सुग्घर गरे पनि फोहोरी खेल खेलिरहेका हुन्छन् । देश आज उनै तस्करी वेश्याहरूको हातमा छ । राम्रो काम गर्नेहरूलाई सताउनसम्म सताउँछन् यहाँ । शहर शहर रहेन अब । सहरमा सर्वसाधारण जनताहरूलाई दास झैं व्यवहार गरिरहेको छ । यहाँ डाक्टरलाई उपचार गर्न दिँइदैन । वैद्यलाई पनि उपचार गर्न दिइँदैन । झाँक्रिलाई पनि उपचार गर्न दिइँदैन । यसो सन्तोषको सास त फेर्न सक्नेछन् नि ? देशलाई मानसिक विकलाङ्ग बनाएर खै के पाउँछ उनीहरूलाई थाहा छैन । सहर, गाउँ जताततै मागेर खान पल्केकाहरू धेरै छन् । अभिनय गर्न खप्पिसहरू पनि धेरै छन् । आफू बदनाम होला भनेर मात्रै उनीहरूले राम्रो गरेको जस्तो गर्ने गर्छन् । तर कुकुरको पुच्छर बाङ्गाको बाङ्गै । साँच्चै राम्रा काम गर्नेहरूलाई स्थान छैन यहाँ । नराम्रो काम गर्नेहरूले आनन्दले पैसा लुटेर कमाइरहेका छन् । देशको हालत जर्जर छ । देशमा देशी युवाहरू त्यत्ति देखिएका छैनन् । पहिले पहिले लाहुरे भएर विदेशको सेवा गर्थे भने अहिले विदेशमा मजदुरी गर्ने गर्दछन् । देशमा अन्याय अत्याचार भयो भने आवाज उठाउँदैनन् यहाँ । किनकि आवाज उठाएमा जिउन गाह्रो हुन्छ भन्छन् । देश भ्रष्टाचारको अखडा भइरहेको छ । देशमा निमुखाहरूले आवाज उठाउन सकिरहेका छैनन् । एकले थुकेर केही हुँदैन । सबैले थुकेर फोहोर बढार्ने खहरे ल्याउन सक्नुपर्छ । देशको दुर्दशा अत्यन्तै छ । भारतबाट आएका विहारका गरिब जनताहरूले नेपालमा आएर खालीसिसी पुराना कागज, हजाम, पानीपुरी, जोगी, चटपटे, फलफुल तरकारी टोकरीमा बेचेर लाखौं पैसा कमाएर आफ्नो घर परिवार पालिरेका छन् । यिनीहरूमा द्वेध नागरिकता पनि छन् । यसमा भारतीय गुप्तचर सँस्थाहरू पनि क्रियाशील छन् । त्यस्तै अनेकौं तस्करी धन्दा गर्ने भारतीयहरू प्नि छन् । त्यस्तै दुई नम्बरी धन्दाबाट नेपालबाटै अकूत सम्पत्ती कुम्ल्याउने व्यापारीहरू पनि छन् । ती सबै व्यापारीहरू भारतीयहरू हुन् । त्यस्तै ठूलाठूला व्यापारीहरू पनि भारतीयहरू नै छन् । यिनीहरूले नेताहरूलाई पोसेर देशमा उनीहरूकै भारतीय कर्मचारीहरू राखेर नेपालीहरूलाई धेरै सास्ती दिइरहेका छन् । सहर सहर भइरहेको छैन । देशमा भइरहेको व्यापार व्यापार भइरहेको छैन । तस्करी वेश्यावृत्ती र भ्रष्टाचारको देश अखडा भइरहेको छ । देशमा सोझासाझा निमुखाले गरी खाने वातावरण छैन । अनि देश विकलाङ्ग भइ्रहेको छ ।

मैले पनि आज बढारेर सबै सफा गरेको थिएँ । तर फेरि एउटाले सानसँग त्यहीँ फोहोर फ्याकेर धम्क्याएर गयो । मैले माफी मागेर फेरि सफा गरेँ । तर फेरि त्यहाँ फेहोर सफा गर्ने ट्याङ्कर आइपुग्यो । त्यहाँ एकैचोटी सधैं जो जो फोहोर गर्नेहरू छन् उनीहरूले सो ट्याङ्करमा फोहोरको जम्मा गरिराखेको पोको फ्याँक्न गए । अनि म भए ठाउँको अगाडि फोहोर फ्याँक्ने ट्याङ्कर हाँक्ने कर्मचारीले फोहोर फ्याँकेर गयो । फेरि मेरो अगाडि फोहोरको फोहोरै भयो । यो अहिलेको कृयाकलाप होइन मैले होश सम्हालेबेलादेखिको कृयाकलाप हो । म जब जान्ने बुझ्ने भएको थिएँ, त्यही बेलादेखिको कृयाकलाप हो यो । अब फेरि यही फोहोरको राजनीतिमा यहाँ वेश्यावृत्ती, तस्करी धन्दा चलिरहेको छ । यहाँ जागिर पाउन पनि मुश्किल छ । यहाँ जागिर पाउन पनि सजिलो छ । मुस्किल यो मानेमा छ कि जसले असल काम गर्छु भन्यो उसले अहँ कदापि काम पाउँदैन । यस्तै हालत मेरो पनि छ । बदनामी शासकहरूले देश उनीहरूको खल्तीमा दिइररेहका छन् । देशमा अनेकौं भ्रष्टाचारहरू छन् । देशमा अनेकौ लुटेराहरू छन् । यो मेरो आँखाले टुलुटुलु हेरेर बसिरहनुपरेको बाहेक अरु केही गर्न सकेको छैन । देशका नेताहरूले पनि केही गर्न सकेका छैनन् । राम्रा नेताहरूलाई भूमिगत हुन वाध्य पारिएका छन् भने गैर भूमिगतहरू भने विदेशीका दलाल भएर रहेका छन् । अनि उनीहरूकै निर्देशनमा प्रहरी प्रशासन चलेपछि देशको वलात्कार हुने नै भयो । हे आमा ! म तिम्रो पुकार सुनिरहेको छु । तिम्रो माटोको लाज बचाउने मेरो कर्तव्य हो । म लागिरहेको छु यसमा । तिम्रा सोझासिधा सन्तानहरूलाई मगन्ते बनाइरहेछन् । म यहीँबाट आव्हान गर्दछु कि हे आमा ! मेरो अनुरोध जसजसले सुन्नेछन्, जसजसले पढ्नेछन्, जसजसले मनन गर्नेछन् त्यसबाट उठेर जागरुक भई अन्यायी अत्याचारी विरुद्ध आवाज उठाउनेछन् भन्ने मलाई लाग्दछ । मसँग यो मलम बाहेक अरु केही छैन । हे आमा ! म तपतप आँसु चुहाएर तिमीलाई मलम लगाउने कोशीस गरिरहेको छु । तिमीले पीडा सहेको वषौं भइसक्यो । यहाँ रक्सी, चुरोट बेच्नेको विगविगी छ र उनीहरूले नै ऐश आराम गरिरहेका छन् । त्यो तिमीलाई पनि मन पर्दैन र त्यो मलाई पनि मन पर्दैन । सबैजना मिलेर आवाज उठाउने हो भने यसको समाधान अवश्य हुन्छ । सामन्ती राजतन्त्र समाप्त भइसकेपनि फेरि व्युँताउने प्रयास गरिरहेका छन् ।

खै किन देशमा गरिब जनताहरू बोल्न सकिरहेका छैनन् ? मैले बुझ्न सकिन । देशमा अनेकौं वितण्डा हुँदा पनि चुँसम्म बोल्न सक्दैनन्, विदेशी दलालका विराला सत्ताका अगाडि । खै किन आवाज उठाउन डराउँछन् । मैले बुझ्न सकिन बरु म जस्तो आवाज उठाउनेलाई पागल बनाइराखेका छन् । यो समय हाम्रो देशमा संविधानसभाको निर्वाचन सफल नभइसकेपछि दोस्रो संविधानसभाको निर्वाचन भएको बेला हो र यो पनि प्रकृयामा छ । यो समय भनेको सारा विश्वले हाम्रो नेपाललाई हेरिरहेको अवस्था पनि हो । यो हाम्रो नेपालको ठूलो परीक्षा पनि हो । नेपालमा संविधान बने अनुसार हरेक देशमा यसको असर हुनेछ । नेपालको राजनीतिक परिस्थिति जब र्सविधानबाट फेरिएर आउनेछ त्यत्तिबेला विश्वका सारा देशहरूलाई सन्देश जानेछ । त्यसैले यो हाम्रो देशको एउटा कठीन तथा अति महत्वपूर्ण घडी पनि हो । हाम्रो देशका प्रत्येक परिवारहरू, प्रत्येक परिवारका कोही न कोही विदेशमा मजदूरी गरेको कमाइले जीवन यापन गरिरहेका छन् । म पनि त्यसबाट अछुतो छैन । तर हाम्रो देशमा व्याप्त तस्करी, वेश्यावृत्तीको जञ्जाल एकदम खतरनाक छ । सबै जनताहरू उनीहरूको पञ्जामा छ । हुनत हाम्रो देश गरिब छैन, प्रकृतिको खानी छ, त्यसको सदुपयोग छैन । देश रोइरहेको छ । देशसँगै रुनुबाहेक मसँग विकल्प छैन । अरु देश विकास भएको देख्दा हे आमा मलाई पनि तिमीलाई जस्तै जलन हुन्छ । किन यहाँ असल मान्छेलाई फोहोरी खेल खेलेर मानसिक तनाब दिइएर तड्पाइन्छ । यहाँ मेरो हालत यस्तै छ । देश रोइरहेको छ । देशसँगै रुनुबाहेक मसँग विकल्प छैन ।

देशको विकास भएको हेर्न नचाहने कुत्सित तत्वहरूलाई जति निन्दा गरेपनि कम नै हुन्छ । देश हाम्रो मातृभूमि हो । देश हाम्रो साझा हो । देश कसै भरौटेको पेवा होइन । देश हाम्रो सबैको साझा हो । देशलाई अविकसित पार्न तम्सने किन आतुर छन् यिनीहरू । देशको स्थिति किन विग्रिएको अवस्थामा छ । देश हामी सबैको साझा सम्पत्ती हो । देशलाई बलात्कार गर्ने दानव कुत्सित तत्वहरू देवतै भएपनि म छोड्दिन । हाम्रो सबैको साझा भूमिमा अन्यायी अत्याचारीहरूको जुलुमको पराकाष्ठा नाघिरहेको छ । देश किन देश रहेन आज ? देश किन अविकसित छ आज ? देशका सबै नागरिकहरू सबै किनविदेशी पोस्ने दलाल भएका छन् ? देशमा किन गद्दारहरूको हालिमुहाली छ ? देशले आज संविधान मागिरहेको छ । देश विकास खोज्न आतूर छ । देश अब माटो सिञ्चन गर्न खोजिरहेको छ । देश अब मृत्यु नहोस् भन्ने कामना गर्नु परिरहेको छ । देश बचाउने रखवालाहरू किन कायर छन् ? के पेट मात्रै उनीहरूको सम्पत्ती हो ?के खाने मात्रै उनीहरूको हक हो ? के शिकार गरी खाने उनीहरूले मात्रै हो ? अब सबै उठ्नुपर्ने बेला आएको छ । सबैजना मिलेर अत्याचारीहरूलाई लघार्ने बेला आएको छ । सुन ए चुपचाप सही बस्ने रगत नभएका जनता हो ! तिमीहरू अँझै किन दास बन्छौ ? तिमीहरू अँझै किन उठ्दैनौ ? तिमीहरू अब उठ भनेर मैले मात्र होइन सपुतहरूले तथा धर्ती आमाले भनेको धेरै भइसक्यो । किन तिमीहरूलाई जेलमा बस्नु मन परेको ? किन तिमीहरू भरौटे भएको ? किन तिमीहरू तस्करी बेश्वावृत्तीको दास भएको ? डाँकाहरूले जे भन्यो त्यही गर्ने तिमीहरूको दासीगिदी कहिले हट्ने ? तिमीहरू डाँकाको दास हौ । डाँकाको दास भएर तिमीहरूलाई केही हुँदैन ? तिमीहरू उठ्न्पर्छ । उठेनौं भने तिमीहरू बाँच्नुको कुनै अर्थ हुँदैन । तिमीहरू रण्डीवाजीहरूको नोकर हौ । तिमीहरू भोको पेट होला भनेर जे पनि गर्न तयार हुन्छौ । तिमीहरू यसरी मानव नभइकन बाँचेको सदियौं भइसक्यो । एकपल्ट हेर मानवलाई, मानव भनेको के हो ? हेर मानव भनेको दास होइन । मानव भनेको एउटा स्वतनत्र किसिमको जीव हो । मानव भएर बाँच्न सिक । मानवको मूल्य अमूल्य छ । यस्तो सम्पत्ती नष्ट नगर । मानव हुनुको अर्थ खोज । मानव तिमी दास भएर बाँचेमा तिम्रो देश झनै बलात्क्रित भइरहेनेछ । यो देशको अस्तित्वको सवाल हो । यो हेर्दामा हाम्रो सगरमाथाको देश हो । विश्वकै सर्वोच्च चुचुरोको देश । देशलाई निमोठ्न खोज्ने ब्वाँसाहरू तिमीहरूले देश बेचेर के पाउँछौ ? देश भनेको जनता हो । जनता भनेको देश हो । देशको अस्तित्व जनतामा छ । जनताको अस्तित्व देशमा छ । दुवै एकअर्काको पर्याय हो । देश आज संकटमा छ । संक्ट भएको देशलाई माथि उठाउन युवाहरू जुर्मुराउनु परेको छ । के विदेशीको दलाल गरेर बसिरहेको ? आऊ छिटै आऊ देशलाई सशक्तरुपमा माथि उठाउन आऊ । हेर साथीहरू मेरो त क्या फणा छ जिन्दगी । एउटी श्रीमती छे । एउटा छोरो छ । क्या फणा छ मेरो जिन्दगी । थुक्क जिन्दगी । भेद खोल्दा पनि नहुने, नखोल्दा पनि नहुने । कया फणा हे आज मेरे जिन्दगी । म भन्दै थिएँ सशक्तरुपमा माथि उठाउन आऊ । सबैजना अँझै ज्ञानेका दासी छन् । यी सबै बज्रस्वाँठहरू हुन् । यस्ताहरूलाई लघार्नै पर्छ । दास भएर बाँचेमा तिम्रो देश अँझै बलात्कृत भइरहनेछ । देशको अस्तित्वको सवाल हो यो । देश हेर्दामा यो सगरमाथाको देश हो । विश्वकै सर्वोच्च चुचुराको देश । देशलाई निमोठ्न खोज्ने व्वाँसाहरू, देशलाई लुछ्न खोज्ने ब्वाँसाहरू तिमीहरूले देश बेचेर के पाउँछौ ? देश भनेको जनता हो । जनता भनेको देश हो । देशको अस्तित्व जनतामा छ । जनताको अस्तित्व देशमा छ । दुवै एक अर्काका पर्याय हुन् । देश आज संकटमा छ । संकट भएको देशलाई माथि उठाउन युवाहरू जुर्मुराउनु परेको छ । पहिले जनयुद्ध ताका मलाई लगनखेलमा लगेर मानसिक अस्पतालमा गर्नसम्मन सास्ती गरेको थियो । म भन्दै थिएँ के विदेशीको दलाली गरेर बसिरहेको ? आऊ छिटै आऊ देशलाई सशक्त रुपमा माथि उठाउन आऊ । देश हाम्रो विकासको भूमि बनाउनु परेको छ । देश रणभुल्लमा परेको छ । देशको आवाज सुन । यहाँ देश रोइरहेको छ । रोइरहेकी छिन् । देशलाई हरेकले एकपटक चिहाइ हेर । देशको व्यथा एकपल्ट बुझी हेर । देशलाई बचाउन आऊ सबेजना । मेरो देशबाट हाम्रो देश बनाउन आऊ । कुकरहरू डाँकाहरू किन तिमीहरूलाई देश रोएको मतलब छैन हँ ? किन तिमीहरू मैले वेदना पोख्दा मलाई सताउन आउँछौ ? एउटा पँक्ति याद आयो

“ मर्ने कसैलाइरहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाऊँ कता जाऊँ
मान्छे नमर्ने सहर हुँदैन ।”

हे किन तिमीहरू देशलाई मलम लगाउन आउँदैनौ ? देश नरहेमा तिमीहरूले दासीभन्दा पनि महादासी हुनुपर्नेछ । यो देशको श्राप लाग्नेछ तिमीहरूलाई । तिमीहरू किन यस्तो ? कराउने मान्छेलाई यसरी एकोहोरो कराउन दिइरहन्छौ ? यदि एउटा सानो नराम्रो कुरो एउटा मात्र देख्यौ भने त्यसैलाई समर्थन गरी उफ्रन्छौ ? थुक्क तिमीहरूलाई ? तिमीहरूको मति सुधृएला जस्तो छैन । तिमीहरूलाई सृष्टिगर्ने सृष्किकर्ताले व्यर्थैमा सृष्टि गरेछु भन्नेछन् । तिमीहरू अहिले त जन्मिरहेका छौ तर मेरो हेराइमा तिमीहरू धेरै तल्लो स्तरमा छौ । तिमीहरू कायर छौ । तिमीहरूको दासीगिदी हटोस् भन्ने मेरो कामना छ । म जस्तै सुसुप्तावस्थामा पुगेकाहरू कति होलान् कति होलान् । राम्रो गरौं भनेर बस्दा मैजस्तै कत्ति जनाले तिमीहरूजस्ता अत्याचारीको दमन झेल्नुपर्यो होला । तिमीहरू सृष्टिको कलङ्क हौ । तिमीहरूलाई अब छिट्टै उज्यालोले परास्त गर्नेछ । तिमीहरू सबैलाई मेरो अनुरोध छ । हेर तिमीहरू ! अँझै समय छ सुधृऊ । मैले कुनै नराम्रो काम गर भनेको छैन तिमीहरूलाई । बन्दी जीवनमा यसरी नै लेखिन्छ । सरासर लेखिरहेको छु । तिमीहरू सुधृन्छौ कि भनेर तिमीहरूको लागि मैले धेरै प्रयास गरेँ तर तिमीहरूले उल्टै नराम्रो काम मात्र राम्रो भन्छौ । के तिमीहरूले यसैका लागि जागिर पाएका छौ ? के तिमीहरूले मलाई जत्ति खत्तम पार्यौ उती बढुवा पाउने आश गर्यौ ? हे नामर्द तिमीहरू, तिमीहरू अब तिमीहरू पनिरहँदैनौ । त्यत्ति सोच तिमीहरूले । तिमीहरूका लागि म यत्ति सानो अनुरोध गर्न चाहन्छु । किन खराब कामको लागि तिमीहरूलाई पैसा आउँछ थाहा छ ? त्यो देश बेच्नका लागि हो । देश बेचेर तिमीहरूलाई केही हुँदैन । तिमीहरू तिमीह्रु नै हुँदैनौ मैले फेरि भनेको छु । देशका कलङ्क हौ तिमीहरू ।

आज हाम्रो देशलाई धोइ पखाली सफा गर्ने जमातको आवश्यकता छ । देश बचाउन आऊ सबैजना । देशको लागि मरिमेट्नु आवश्यक छ । देश तिमीसँग म सधैं कुरा गरिरहेको हुन्छु । तिमी नरोउ ल ! अब म सधैं तिमीसँग कुरा गर्न आउँछु । यस समाजका कुत्सित भनाउँदाहरू बज्रस्वाँठहरू हुन् । उनीहरू बिनामेहेनत पैसा कमाउन खोज्छन् । देशलाई विकास भएको हेर्ने ठाउँमा अविकसित बनाइराख्छन् । सामन्तीका दास हौ तिमीहरू । तिमीहरूलाई मैले धेरै भनिसकेको छु । अरु मजस्तैहरूले थुप्रैपटक भने होलान् । देशलाई देश रहन देऊ । किन खराब कामको वोलवाला छ यहाँ ? किन जनता सबैलाई भिखमङ्गा पारिँदैछ यहाँ ? किन नपुँसक सत्ताको विगविगी छ यहाँ ? किन हाम्रो देशको अस्तित्व संकटमा छ यहाँ ? देश अराजक स्थितिमा गुज्रिरहेको छ । देश अब तिमीहरूले गर्दा धेरै छियाछिया भइससकेको छ । मैले मलमपट्टि लगाइदिनै पर्छ । देशको लागि म मरिमेटिरहेछु । देशलाई मलजल गरी बहार ल्याउने मेरो धोको छ । देशलाई एकदम राम्रो बनाउन टड्कारो आवश्यकता छ । देशको लागि मरिमेट्न म जुनसुकै हालतमा तयार छु । देशलाई मलजल गरी बहार ल्याउने मेरो धोको छ । देशलाई संक्टबाट उठाउनु एक सच्चा नागरिकको दायित्व हो । देश रोएको बेला चुपचाप बस्नेहरू भनेका कामका होइनन् । उनीहरूको जति नै अवगुण गरेपनि कम नै हुन्छ । देशको लागि म अवश्य केही गरेर देखाउँछु । देशको लागि म जुनसुकै मूल्य चुकाउन पनि तयार छु । देशलाई एकदम बलियो बनाउनु जरुरी छ । देश साँचो अर्थमा संक्टमा छ अहिले । देश साँचो अर्थमा जर्जर छ अहिले । देश साँचो अर्थमा विदेशीको इसारामा बाध्य भएर नाचिरहेको छ अहिले । देशका लागि मर्न कहिल्यै डराउनु हुँदैन । देशको परिस्थिति कहिल्यै संकटमा पार्नु हुँदैन । देशलाई विकलाङ्ग पार्नु हुँदैन । देश अस्तित्वमा रहनुपर्छ । आज हाम्रो देश धेरै सुसुप्त अवस्थामा छ । देशलाई रुवाएर तिमीहरूले के पाउँछौ ? देश भनेको माटो हो । माटो भनेको धर्ती हो । धर्तीलाई तिमीहरूले सम्मान गर्नु आवश्यक छ । आज हाम्रो देशमा जे भइरहेको छ त्यसको पछि लागेर देशलाई समाधान गर्नु आवश्यक छ । देश जर्जर छ, हेर देशलाई । तिमीहरूले रुवाएको वर्षौं भइसक्यो । संकटकालमा छ देश थाहा छ तिमीहरूलाई ? विदेशी पोस्ने दलाल बनेर तिमीहरू यो देशलाई चोट दिइरहेका छौ । हाम्रो देश विकास गर्न हरेक नौजवान तम्सिनु परेको छ । देशको लागि हण्डर खाइरहेकोछु, अँझै ठूलो हण्डर खान तयार छु । तर देश सुधृनु पर्यो । देश तिमीलाई मलम लगाउने सङ्कल्प लिएको छु मैले ।

देशको लागि म जुनसुकै बलिदानी गर्न पनि तयार छु । देशको लागि म अब खट्नेछु । देश कसैको पेवा होइन । मेरी आमा कसैको रखैल होइनन् । म मेरी आमाको लाज बचाउँछु ।

विकासको पथमा जति लान खोज्ने आवाज उठायो, त्यत्ति भाँजो हाल्ने प्रयास गर्छन् । त्यसैले यस्ताहरूलाई सबक नसिकाइ भएको छैन । देश आज तिमीसित धेरै कुरा गरेँ । आहा कत्ति रमाइलो भयो हगी ? आमा र छोराको यो भेट कत्ति राम्रो लागयो मलाई । आहा ! कत्ति राम्रो लाग्यो । सधैं यसरी नै भेटिरहन पाऊँ । सधैं यसरी नै तिम्रो काखमा लुटपुटिरहन पाऊँ । तिमी मेरा लागि सबै हौ । यसको तुलनामा मेरा लागि चाहिने अरु कुनै कुरो छैन । तिमी मेरो लागि अनि म तिम्रो लागि । देशको लागि म जुनसुकैबेला हाजिर छु । देश तिमी दुःख नमान । तिमीलाई साथ दिने म छु । देश तिमी विचलित नहोऊ । तिमीलाई साथ दिने म छु । देश तिमी यसरी विचलित नहोऊ । तिम्रा लागि म जे पनि गर्न तयार छु । कायर सत्ता, कायर प्रशासन, कायर त्यसका रखौटेहरू सबैलाई लघार्न कम्मर कस्न म यहीँबाट आव्हान गर्दछु । देश हाम्रो भविष्य हो । देश हाम्रो हो । हामी सबैको साझा हो । देशको लागि मरिमेट्न सबैलाई अनुरोध छ । आजको आवश्यकता भनेको यो संकटकालमा हाम्रो देशलाई संकटबाट टार्नु परेको छ । देशका लागि सबैजना मिलेर हातेमालो गरी अघि बढ्नु जरुरी छ । देशको शेष किन निशेष हुन्छ ? यो हामी सबै सच्चा व्यक्तिहरूको प्रश्न हो । यसको उत्तर चाहिन्छ हामीलाई । देशका लागि हामीले जुझारु भई हिम्मतीलो भई लागिपर्नुपरेको छ । देश विश्वको अग्लो चुचुरो सगरमाथाको काखमा पुर्याउनु टड्कारो आवश्यकता छ । देशको मैलो हटाई धोईपखाली सफा पार्नु आजको समयको माग हो । देश विश्वको सर्वोच्च शिखर सगरमाथाको टाकुरो हो । हो यही हो हाम्रो देश । आज हरेक युवाहरूले यो सोच्नु आवश्यक छ, हरेक बुद्धिजीवीले यो सोच्नु आवश्यक छ । हरेक तप्काका मानिसहरूले यो सोच्नु आवश्यक छ । हरेक नागरिकहरूले यो सोच्नु आवश्यक छ ।

बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *