सागरसरी चोखो मायाँ तिमीलाई दिए
थाहै नपाई जिन्दगीमा कुन मोड लिए
जिन्दगीको मोडभरि जल्दै हिंडिरहे
जलेको मनले पलपल तिमीलाई सम्झिरहे
जूनसरी तिम्रो मायाँ जुनसँगै दाजिरहे
तर थाहा नपाई अँधेरीले छेकिदिए
अँधेरीको रातभित्र भित्रै म त हराइरहे
जहाँ हेरे उतै देखे अँधेरी नै देखिरहे
पाँचथर
हाल: सिंगापुर
