जे जस्तो छु ठिकै छु
तिम्रै खुशी चाहेकी छु
कुनै पिर,चिन्ता नगर
छोड्न आटेकाछौ गाउँघर
अचानक परदेशी बन्ने भयौ
यो र्निणय एक्लैले गर्यौ
मेरो भन्नु केही छैन
शायद ठिकै सोच्यौ
केही गर्ने बाटो रोज्यौ
सँगै लुकामारी खेलेको,साहुती मारेको
भलाकुसारी गरेको,मिलीजुली कामधन्दा,
हाँस खेल गरेको सम्झी कस्को मन नरोला
जे सोची र्निणय गर्यौ राम्रै होला
जे जस्तो छु ठिकै छु
तिम्रै खुशी चाहेकीछु
जाऊ जाने गर्यौ निर्णय
पुरा होस् तिम्रो उद्देश्य
तिमी मात्र होइनौ परदेशी हुने व्यक्ति
त्यसैले वटुलेकीछु खुशीले बिदाइ गर्ने शक्ति
आफन्त,गाउँघरको यादले सताएमा
गर आफूलाई नियन्त्रण
नभुल्नु कहिल्यै तिमी
परदेशी बनेको कारण
सफलताले चुम्छ कसरी त्यो ध्यान दिनु
तिम्रो लक्ष्य प्राप्तिको कामना गर्नेछु
अठोट लिनु मनोकांक्षा पुरा हुने
जे जस्तो छु ठिकै छु
तिम्रै खुशी चाहेकी छु ।
२०६२।८।१६

Kabita Ramro chha keep it up
Kabita Ramro chha keep it up
चक्र जी,प्रतिक्रीयाको लागी
चक्र जी,प्रतिक्रीयाको लागी धन्यवाद !
आगामी दिनमा पनि रचना पढेर प्रतिक्रीया दिनु हुनेछ भन्ने आशा गरेकीछु ।
साथै मन नपरेका कुरा नी पस्कीदिनु होला है,रचना परिस्कृत हुन सहयोग मिल्नेछ ।
परदेश नजाउ बरु आफ्नै देशमा बस
परदेश नजाउ बरु आफ्नै देशमा बस भन्ने भावको कविता लेखेको भए देशभक्तिपरक हुने थियो यो त पलायनवादी भयो । यस्ता कवितामा हरेक कविहरुका देशभक्तिका भावना पनि जोडिएका हुन्छन् । यहाँ देशभक्ति भन्दा पनि कवि भावनाको भावना भने देशबाट वा आफूबाट आफन्तले छाडेर विदेशतिर जान लाग्दा सहर्ष विदाइ गरेको देखियो । हुन ता उहिल्यै देखि सुब्बाहरु विदेश जाने गरेकै हुन् । तथापियो मलाइ मन परेन ।
होम जी,खुशी लाग्यो कायम राख्न
होम जी,खुशी लाग्यो कायम राख्न सकौ, सुझावको लागी धन्यवाद, आफुलाई मन नपरेको कुरा सम्प्रेषण गरी दिनु भो । छोरी सुब्बाको भए पनि बुहारी चापागाईको हु है । म यहि,यस्तै लेख्छु,लेख्नेछु भनेर कहिल्यै लेख्ने गर्दिन । काल्पनिक भन्दा बढि यर्थाथलाई बनावटी रुप नदिई भोगे,देखे,सुनेको घट्नाहरु लेख्ने गर्छु ।
के गर्नु होम जी रोक्न त मन थियो नी भोको पेटले रोकाउनु मानेन त । आगामी रचनामा भने ख्याल गर्नेछु ।
भावना बहिनीको भावना थाहा पाएर
भावना बहिनीको भावना थाहा पाएर खुशि नै भएँ । मैले भावनाको भावनामा ठेस लगाएँ भने क्षमा मागे ।