Skip to content


मडारिएको कालो बादलको छेउमा
सानुु रवि किरण जस्तो,
क्षितिबतिर चियाउदा
अनुभूत हुने
व्रम्हज्ञानको सागुरो सिँढी जस्तो ।

व्विसाल जंगलको एकान्तमा
थकित यात्रिले सुनेको
टाढाबाट आउने
मधुर मुरलिको धुन जस्तो

तुफानी समुद्रको छालमा वेरिएको
डुंगासवार यात्रिले देखेको
टाढाको मानव वस्ति जस्तो

परदेशिएको प्रियजनको मायाले
रुदा छातीना टसिएको तस्विर जस्तो
अरुलाई बढी सम्झने मायालुलाई
छातीमा अंकमाल गर्दाको क्षण जस्तो

कस्तो कस्तो ? यो नाता
आफूलाई आफैले खोज्दै
कता कता हराए जस्तो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *