Skip to content


भो अब कोही मलाई प्यार नगर
दुख सुख आफै झेल्छु सुसार नगर ।।

प्रेमका नाममा धेरै कमाउन खोज्नेहरू,
कमाउनकै लागि यति हतार नगर ।।

छैन यहाँ मसँग दिन सक्ने कुनै चीज,
व्यर्थै नाफा घाटाको बिचार नगर ।।

सबै किनबेच हुन्छ कहाँ, समय बदलिदैमा,
धर्म पुर्खा र प्रेमको व्यापार नगर ।।

भो अब मलाई कोही प्यार नगर
दुख सुख आफै झेल्छु, सुसार नगर ।।

-(dreamindragelal@gmail.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *