मुखभरि चिल्लो घसी बोल्न जानिन
तिम्रो मनमा मेरो माया घोल्न जानिन
जति गर्यौ प्रयास मैले पनि गरेकीथे
देखे सपना साकार पार्न कोरल्न जानिन
हात दियौ साथ दियौ सारा खुशी दियौ
जिन्दगीको किताब आफ्नो खोल्न जानिन
न वारि न त पारी मझधारमा रुमलिए
आई परेका जोखिमहरू मोल्न जानिन
एउटा हातले ताली बज्दैन थाहा छ
आफूलाई नहेरी अरु पोल्न जानिन
२०७०।११।११
