Skip to content

मायाको सागरमा

  • by


मायाको सागरमा हामी
सँगै तरेका थियौं
जीवनका तीतामिठा पलहरु
सँगै बाँडेका थियौं
तर आज तिमी कहाँ हरायौ
यो भीडमा तिमी कहाँ बिलायौ
मायामा म पर्खिबस्छु

म प्रकृतिको नियम तोडी
पुगेथें तिमीसामु खोला सरी
हामीले गरेका कुराहरु
अँझै याद आउँछ झलझली
किन बिछोड भएको होला
मिलन हुन्न हाम्रो फेरि
म आफुले आफैंलाई बिर्संदै गएँ
तर तिमी आइनौ
कहाँ बिलायौ
मायामा म पर्खिबस्छु

आँखामा आँसु मिलनको प्यास राखी
पर्खिबस्छु तिमीलाई यो जुनी
एक पलको लागि आऊ सामु
दिन बित्यो रात बर्षौं पनि
म आसैआसमा बसिरहेछु
तिमी आइनौ
तर आज तिमी कहाँ हरायौ
त्यो भीडमा तिमी कहाँ बिलायौ
मायामा म पर्खिबस्छु

शब्द – उपासना
स्वर – सुनील बर्देबा
संगीत – कमल मान सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *