नदी
नदी बग्छ सललल समुद्रमा पुग्छ
चक्रवात भएर गै बादलुमा लुक्छ
सुधावर्षा भएर गै पृथ्वीलाई सिच्छ
कर्मी पार्छन् हराभरा अकर्मी त चुक्छ ।
नदी
नदी भए पानी हुन्छ
रत्न भए खानी हुन्छ
सबैभन्दा प्यारो बस्तु
नयनको नानी हुन्छ
ढुङ्गा किन पुज्छ
ढुङ्गा किन पुज्छ मान्छे, धैर्यताको मूर्ति ठानी
फूलपाती छर्छ मान्छे मौनताको मूर्ति जानी
जानी जानी पूजापाठ आज यहाँ चलेकैछ
के नै हात लाग्छ होला शून्यताकी महारानी
के गाऊँ
के गाऊँ के सहर, सुभ छैन खवर
जनताले मारे संविधानको रहर
आपसको खिचातानी, सबै जानाजानी
वेकामी रैछन् सबै, भयो जनठहर
सदानन्द अभागी
