प्रकृतिले रुप फेर्दा, डाहा गर्ने बानी मेरो
शरदमा सयपत्रीको,चाहा गर्ने बानी मेरो
शिशिरमा उजाडिंदा, डाली मैले देख्दिन’रे
वसन्तको पालुवामा, हा!हा! गर्ने बानी मेरो
भिरालोमा बग्दा नदी, पाइला टेक्न डर लाग्छ
मैदानमा पुगेपछि, गाहा भर्ने बानी मेरो
जल्हारीले तलाउमा, जाल हान्न नजानेसी
उम्केको त्यो माछा देखी, आहा! गर्ने बानी मेरो
प्रकृतिले रुप फेर्दा, डाहा गर्ने बानी मेरो
शरदमा सयपत्रीको, चाहा गर्ने बानी मेरो
