हृदयको गहिराइमा राखी माया लाएँ
तिमीमा नै आफ्नो सारा हाँसो खुसी पाएँ
आँटे यात्रा तिमीलाई नै जीवनसाथी मानी
टाढा हुन सक्दिन भो क्षणभरै पनि
दिनको सूर्य तिमी मेरो रातको जुन-तारा
तिमीमा नै समेटिन्छ हाँसो खुशी सारा
भुली बाँकी दुनियालाई नै तिमीमा हराएँ
जुनी–जुनी अजम्वरी तिम्लाईमाया लाएँ
तिम्रै काख हराउँछु सारा-संसार भनी
टाढा हुन सक्दिन भो क्षणभरै पनि
हृदयको धडकन मेरो नयन ज्योति तिमी
सुख दु:ख बिसाउने छहारी हौ तिमी
यो यात्राको गोरेटो हौ सारथी नि तिमी
जीवनको लक्ष्य तिमी प्राप्ति पनि तिमी
तनमन सुम्पेँ तिम्लाई बाँच्नेआधार ठानी
टाढा हुन सक्दिन भो क्षणभरै पनि
विमला ढुंगाना निरौला
