Skip to content

खाडीमा लुमे भाषण

  • by

कार्यक्रम हललाई आकर्षक तरिकाले शृंगार पटार गरिएको छ । ‘जो गाउँ मुखिया उही बाटो हगुवा’ भने झैं कालो कतुर्त पर्दा पछाडि लुकाएर भए पनि ठूला भनाउँदाहरू कार्यक्रममा सभापति र अतिथिको आसन ग्रहण गरेका छन् ।

कार्यक्रम हललाई आकर्षक तरिकाले शृंगार पटार गरिएको छ । ‘जो गाउँ मुखिया उही बाटो हगुवा’ भने झैं कालो कतुर्त पर्दा पछाडि लुकाएर भए पनि ठूला भनाउँदाहरू कार्यक्रममा सभापति र अतिथिको आसन ग्रहण गरेका छन् ।

कार्यक्रम सञ्चालकले पालैपालो गरी अतिथि र आमन्त्रितहरूलाई बोल्नको लागि आग्रह गर्दै कार्यक्रम सञ्चालन गरिरहेका छन् । कार्यक्रममा विभिन्न सामाजिक, राजनीतिक, साहित्यिक, साँस्कृतिक संघ-संस्थाका प्रतिनिधबाट शुभकामना आदानप्रदान भइरहेको छ । उतरोत्तर प्रगतिको कामना चलिरहेको छ । शुभकामना भाषणको बीचबीचमा नृत्य, गजल, मुक्तक तथा अन्य साहित्यिक रसहरू पस्किँदै छन् । साहित्यिक रसमा रमाइरहेका भीडमध्ये लुमा खाएर हल्ला गर्ने पनि कम छैनन् । कोही ती लुमेहरूलाई थुमथुमाइरहेका छन् त कोही निहुँ खोजिरहेका छन् । यसैबीच एकजना लुमाको नसाले मस्त मान्छे माइक्रोफोनसम्म पुग्छ र उद्घोष गर्छ- कार्यक्रममा आफ्नो आफ्नो मात्र स्वार्थ हेर्ने र स्वार्थका लागि मात्र बोलिने काम भयो । कार्यक्रममा राजनीति हाबी भो, म यसको ठाडै विरोध गर्छु । यसलाई म निमुट्याट्नै पारेर जरैदेखि उखलेर फाल्छु । मलाई यही मञ्चमा मारे मर्न तयार छु सहिद हुन्छु …। सबैतिरबाट तालीको गडगडाहट हुन्छ । यो के को कार्यक्रम भन्ने नै पत्ता नचल्दै कार्यक्रम सकिएको उद्घोष हुन्छ । झलमल बलिरहेको बत्तीहरू निभ्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *