Skip to content

एक्लै बसी तिमीसँग आँसु बगाएको


एक्लै बसी तिमीसँग आँसु बगाएको सम्झिन्छु
कैले भाँडाकुटी खेल्दै भात पकाएको सम्झिन्छु

पर्खाउथ्यौ बोलाएर भेट्दा एक्कासि रिसाउथे
आँचलको फेरो ओढाई फकाएको सम्झिन्छु

लुकीलुकी भेट्ने ठाउँ नारायणीको किनारमा
ढुंगापारि लुकी खोज्दा थकाएको सम्झिन्छु

जिस्किएर भन्थ्यौ आखिर दिलमा खोप्छु तिम्रै नाम
मन्दिर देख्दा भित्तामा नाम सजाएको सम्झिन्छु

रामकृष्ण पौडेल अनायास
गजलकुञ्ज भरतपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *