अब त म छिट्टै मर्छु होला
यो सुन्दर धर्ती छाडछु होला
मेरो बाच्ने क्षमता र बाताबरण छैन
शरिर र आत्मको सम्बन्ध तोडछु होला
यहाँ जिउने मेरो लागि कुनै आधार छैन
पोका पुन्तुरा पारेर आकाशतिर जान्छु होला
उनको प्रेम रागले भत्किएको आत्मा लिएर
मादीमा गई आफ्नो अन्त्येष्टि आफै गर्छु होला
