परिबन्धमा परी सजाय भोगें मैले
आफ्नो मनको कुराहरू पोखें मैले
बाँच्न सकिदैन थाहा छ लेखेर यहाँ
आत्मसात् गरी लेखन क्षेत्र रोजें मैले
आरोप र लान्छनाले सताएर बारम्बार
नराम्रा असरहरू बाध्यताले बोकें मैले
नआएको हैन उतार चढाब जिन्दगीमा
चुनौती सम्झी बिगत वर्तमान जोखें मैले
कति आफ्नो कति सामुवालाको गल्ती
परिक्षा मानी साँचो नतिजा खोजें मैले ।
